जिल्लाराम

वि. [जिल्ल+राम]

  1. कुनै असामान्य घटना आइपर्दा वा अनौठो कुरो देख्ता बिलखबन्दमा परेको; छक्क पार्ने।
  2. जिल्ल परेको; किं कर्तव्यविमूढ भएको; आश्चर्यचकित; दङ्गदास।
  3. त्यसरी बिलखबन्द, जिल्ल वा चकित हुने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)