जेतेमेते
ना.
- विशेष महत्त्व नभएका सानातिना मालसामान; खत्र्याकखुत्रुक।
- जे पायो सोही वस्तु। (उदा.- पेट कमजोर हुनेले जेतेमेते खानु हुँदैन)।
- कुनै तरिकाले; जिनतिन; खस्याङखुसुङ। (उदा.- परीक्षामा विनातयारी जेतेमेते लेखेर राम्रो अङ्क प्राप्त गर्न सकिँदैन)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)