झुल
ना. [प्रा. झुल्लण]
- लाम्खुट्टेबाट बच्नाका लागि बिछ्यौनामाथि चारैतिर टाँगिने, मास्तिर चँदुवासमेत हाली सिइएको खोलजस्तो पर्दा।
- शोभाका निम्ति हात्तीको पिठ्यूँमा हाली तलसम्म लर्काइने कपडा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)