झुल्नु

अ.क्रि. [प्रा. झुल्ल+नु]

  1. बसेर, उठेर वा झुन्डिएर हल्लनु।
  2. चाकरीमा धाउनु; लिसो लाग्नु।
  3. कामविना यताउति घुम्नु; लरखराउनु।
  4. निद्राले झप्पझप्प हुनु; उङ्नु।
  5. साहित्य, सङ्गीत आदि कलाको रसमा लीन भएर झुम्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)