झेल्नु

स.क्रि. [झेल+नु]

  1. आपत् र कष्ट परे पनि आइपरेको अवस्थासँग पछि नहट्नु; अप्ठेरो समस्यालाई पार गर्नु।
  2. दुःखसँग जीवन-निर्वाह गर्नु।
  3. जालझेल गर्नु; बखेडा गर्नु; निहुँ खोज्नु।
  4. कुनै काम चाँडो नगरी टङ्ग्याइदिनु; अल्झाउनु।
  5. अलमल्याउनु; फिसोल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)