टप्नु
स.क्रि. [टप+नु]
- पढाइ, उद्योग, व्यवसाय र यात्रा आदिमा अरूलाई उछिनेर अगाडि पुग्नु; पछि भएको व्यक्तिले आफूभन्दा अघिको व्यक्तिलाई भेट्टाउनु वा जित्नु।
- फड्कनु; नाघ्नु।
- टाप ठोक्नु; भाग्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)