टिप्नु
स.क्रि. [टिप्+नु]
- कुनै ठाउँबाट चिजबिज एकएक गरी लिनु; पालैसित एकपछि अर्को झिक्नु।
- रुखबाट फूल वा फलहरू चुँड्नु।
- एकएक गरी रौँहरू उखेल्नु।
- टप्काउनु; उडाउनु।
- घोडचडीको नियन्त्रणमा नरही घोडा वेगले दौडनु।
- कुराका प्रसङ्गमा अर्काको कुरा उछिनेर बोल्नु।
- व्यक्ति वा वस्तुहरूको नाम लेख्नु; टाँक्नु।
- भनेको तुरुन्तै बुझ्नु।
- छिटै अनुकरण गर्नु।
- सिउँदा लामा फड्का मार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)