टिप्पणी
ना. [सं.]
- कठोर र गूढ अर्थको व्याख्या; टीका।
- विशेष कुरा सम्झाउन टिपिने सानो लेख।
- कुनै व्यक्ति वा विषयका बारेमा प्रकट गरिने विचार; कुनै साहित्यिक कविता, लेख आदिमा गरिने समालोचना।
- जल्दोबल्दो कुनै घटनाका बारेमा सम्पादकले प्रकट गरेको विचार।
- सानो चिना; जन्मपत्रिका; टिप्पन।
- कुनै कुराको ज्ञापन।
- कुनै कार्यका बारेमा प्रकट गरिने सङ्क्षिप्त विचार; कुनै निवेदनबारे सकारात्मक वा नकारात्मक प्रतिक्रिया लेख्ने आफ्नो ठहरसहित माथिल्लो तहमा स्वीकृतिका लागि पेस गरिने सङ्क्षिप्त लेख। (उदा.- टिप्पणी उठाउन बाँकी रहेकाले निवेदनमा कारबाई हुन बाँकी छ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)