टीका
ना. [सं.]
- कुनै पद, पदावली, वाक्य, अनुच्छेद र ग्रन्थहरूको अर्थ स्पष्ट गरी लेखिएको व्याख्या; अर्थ; भाष्य।
- निधारमा लगाइने चन्दन, अबिर, सिन्दूर आदि; टिको; तिलक।
- थोप्लो।
- दाग।
- माई आदि रोगका विरुद्ध पहिले नै गरिने खोप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)