ट्यास्स

क्रि.वि. [अ.मू. टस् > ट्यास्+स]

  1. करबलले वा मन नपरीकन ढोगेर।
  2. कुनै वस्तु रखाइमा रिस देखाएर वा फन्केर राख्ने गरी; ठ्यास्स।
  3. भुईँमात्र छोएर बस्ने ढाँचाले; टुसुक्क।
  4. कुनै वस्तु अर्को वस्तुसँग अलि टाँसिएर; ठ्याप्प।
  5. टिको लाइदिँदा मन नलगाईकनै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)