ठग्नु

स.क्रि. [ठग+नु]

  1. झूठो कामकुरो गरी अरूको धनमाल हडप्नु; झुक्यानमा पारी अरूको वस्तु लिनु; ठगी गर्नु; धुत्नु।
  2. छकाउनु; धोका दिनु।
  3. चाहिँदोभन्दा बढी नाफा खानु।
  4. नानाभाँती चालबाजी वा बहाना गरेर सक्ने काम पनि नगर्नु; काममा छलछाम गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)