ठहर्नु

अ.क्रि. [सं. स्थावर+नु]

  1. कुनै कुरा वा विषयको ठहर हुनु; निश्चय हुनु।
  2. कुनै ठाउँमा स्थिर भएर रहनु वा बस्नु; आसन जमाउनु।
  3. विश्राम गर्नु; अड्नु; रोकिनु।
  4. साबित हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)