ढाडिनु
अ.क्रि. [प्रा. ढढरिअ< सं. धाडन+नु]
- कागत, काठजस्ता वस्तु र बिरौँला वा दाना भएका खाद्य पदार्थ आदि पानी वा ओसमा परेर फुल्नु; भिज्नु।
- खानपिन वा वायुका विकारले पेट फुल्नु; ढुस्सिनु।
- गलगिद्द हुने गरी खानु; त्यसरी खाँदा अपच भई पेट उकुसमुकुस हुनु।
- पानी पर्लाजस्तो भएर पनि नपर्नु।
- गर्भ लिनु; पेट बोक्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)