ढ्वाङ
ना. [सं. ध्वान]
- तेल, मटीतेल आदि हालिने एक किसिमको टिन।
- पानी हाल्ने ठुलो भाँडो।
- चिठी, मतपत्र आदि खसालिने भाँडो।
- धतुराको फूलजस्तो तर ठुलो देखिने ध्वनि विस्तारक यन्त्र।
- साह्रै ठुलो; ढड्डु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)