तरक्क

क्रि. वि. [अ.मू. तरक्+क]

  1. आँसु, पसिना आदि चुहुने वा तहरिने भएर। (उदा.- काढी तरक्क पसिना दिन रात डोको, बोके पनी उदरगर्त रहन्छ भोको- लेखनाथ। )
  2. कर्के आँखाले हेर्ने किसिमले; आँखा तर्ने चालमा। (उदा.- बिनसित्ति अर्कालाई किन आँखा तरक्क तर्नुपर्‍यो?)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)