तर
ना. [√ तर]
- तताएको दुधमा माथितिर लाग्ने बाक्लो पत्र; दुधदहीमा जम्ने सारवस्तु।
- पानी आदि तरल वस्तुमा माथितिर जमेको ठाँटो।
- कुनै काम कुराको थान्को वा थिति; तह। (उदा.-कति दिनदेखि प्रयास गरे तापनि यो काम तर लाउन सकिएन।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)