ताक्नु

स.क्रि.

  1. कुनै कुराको चाहना गर्नु; चिताउनु।
  2. कुनै ठाउँ वा वस्तुलाई एकटक लाएर हेर्नु; नियाल्नु।
  3. हालेको ठाउँमा लाग्ने किसिमले सोझो पारेर हेर्नु; लक्ष्य गर्नु; निसाना सोझ्याउनु।
  4. मौका पर्खेर बसिरहनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)