तिल

ना. [सं.]

  1. लाम्चा मसिना पात हुने, सेता वा नीला फूल फुल्ने तीनपाटे कोसा फल्ने एक जातको अन्न वा त्यसको बोट।
  2. त्यसैको कोसाभित्र हुने, पेल्दा राम्रो तेल आउने, अचार खाइने र देवपितृकार्यमा चाहिने विशेषतः कालो, खैरो र सेतोसमेत तीन रङका हुने, मसिना, थेप्चा गेडा।
  3. शरीरमा हुने सानो दाग वा चिह्न; कोठी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)