तीर्थ
ना. [सं.]
- भक्तहरू पूजा, दर्शन आदि गर्न जाने कुनै नदी, कुण्ड, मन्दिर वा पवित्र स्थल; पुण्यभूमि।
- नदी, तलाउ आदि जलाशयका समीपको पौडन र तर्न सकिने ठाउँ वा त्यस्तो ठाउँमा जाने-आउने बाटो।
- बङ्गालमा सञ्चालित संस्कृत परीक्षाको एक उपाधि।
- सन्न्यासीहरूको एक शाखा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)