थलो
ना. [सं. स्थल]
- ठाउँ; थात; जग्गा।
- गाईभैँसी बाँधिने वा बस्ने ठाउँ।
- किरियापुत्रीले पकाएर खान र पिण्ड दिन जलाशयको नजिक बनाइएको ठाउँ; ढिकुरो।
- कुनै घटना आदि घटेको ठाउँ; घटनास्थल।
- पृथ्वी; भूमि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)