दशा
ना. [सं.]
- अवस्था; हालत; परिस्थिति।
- ज्योतिषशास्त्रअनुसार नवग्रह र योगिनीले भोग गर्ने समय; नवग्रह र योगिनीको भोगवर्ष।
- विपत्तिको समय; खराब दिन; अनिष्ट फलदायक ग्रहको समय; नराम्रो फल; दुर्दिन।
- पूर्वरागका दशवटा दशा (अभिलाषा, चिन्ता, स्मरण, गुणकथन, उद्वेग, प्रलाप, उन्माद, व्याधि, जडता र मरण)।
- विप्रलम्भ शृङ्गारका दश कामदशा (असौष्ठव, ताप, पाण्डुता, दुर्बलता, धैर्यको अभाव, अनालम्बनता, तन्मयता, उन्माद, अरुचि र मूर्च्छा।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)