दान

ना. [सं.]

  1. आफ्नो हकमा रहेको धनमाल अर्काको हकमा गरिदिने काम; कुनै वस्तुबारे अधिकारको हस्तान्तरण।
  2. दिने काम; प्रदान।
  3. धार्मिक भावनाले गरिबगुरुवालाई अन्न, वस्त्र, पैसा आदि वितरण गर्ने काम।
  4. कुश, तिल, जलसहित सङ्कल्प गरेर ब्राह्मणलाई द्रव्य, वस्त्र, अन्न आदि दिने काम।
  5. त्यसरी दिइएको धनमाल, जमिन, गाई आदि।
  6. राम्रो कार्यका निम्ति दिइने आर्थिक सहयोग; चन्दा।
  7. शब्दका पछिल्तिर लागेर त्यस विषय वा वस्तुको दान भएको वा गरिएको भन्ने बुझाउने शब्द (विद्यादान, श्रमदान, प्राणदान इ.)।
  8. राजनीतिका साम, दाम, दण्ड र भेद गरी चार किसिमका जुक्तिमध्ये एक; शत्रुलाई धन दिएर अधीनमा राखिने एक उपाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)