दुःसाहस

ना. [सं.]

  1. कुनै दुष्कर वा असम्भव काम गर्न देखाइएको साहस।
  2. असफल प्रयास; व्यर्थको हिम्मत।
  3. गर्न नहुने कामकुरामा गरिएको आँट; अनुचित साहस।
  4. लिँडे ढिपी; धृष्टता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)