दुध

ना. [सं. दुग्ध]

  1. स्तनपायी प्राणीका स्त्रीजातिका स्तनबाट बच्चालाई खुवाउन निस्कने सेतो वा हल्का पहेँलो रङको पौष्टिक तरल पदार्थ; दुग्ध; ओलन; दुध।
  2. स्त्रीजातिका छातीमा हुने दुई मांसपिण्ड; कुच; स्तन।
  3. पुरुषजातिका त्यस्तै अवयव।
  4. बस्तुभाउको दुध रहने फाँचो; कल्चौँडो; त्यस फाँचोबाट आउने सेतो तरल पदार्थ।
  5. फलफूल र रुखपातबाट आउने सेतो तरल पदार्थ; चोप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)