दुर्ग
ना. [सं.]
- प्राचीन समयमा खासखास स्थलको सुरक्षाका निम्ति विशेष गरी पहाडमाथि बनाइएका ठुलठुला किल्ला; ससाना राज्यको राजधानी वा प्रमुख केन्द; कोट; गढी।
- शत्रुको आवागमन हुन नसक्ने गरी बनाइएका कुनै पनि सुरक्षित स्थान वा किल्ला (जलदुर्ग, वनदुर्ग इ.)।
- जान नसकिने बाटो; दुर्गम पथ।
- पुग्न नसकिने; जान कठिन; दुर्गम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)