दूत
ना. [सं.]
- खबर वा सन्देश ओहोरदोहोर गर्ने व्यक्ति; विमष्यार्थ, मितार्थ र शासनहारक नामका तीन दूतमध्ये कुनै एक; सन्देशवाहक; चर।
- राजनीतिक कार्यका निम्ति एक देशबाट अर्का देशमा गएर बसी कुटनैतिक काम गर्ने प्रतिनिधि; राजनीतिक प्रतिनिधि; राजदूत।
- प्रेमीप्रेमिकाको सन्देश ल्याउने वा लाने पात्र।
- यताको कुरा उता र उताको कुरा यता लगाई झगडा पार्ने व्यक्ति; छुल्याहा।
- कनसुत्लो लागेर गोप्य कुरा फेला पार्ने व्यक्ति; गुप्तचर।
- नाटकका नायकको सन्देशवाहक; नाटकका नायकको एक किसिमको सहायक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)