देवी
ना. [सं.]
- स्त्री देवता; देवताकी स्त्री।
- दुर्गा, लक्ष्मी, सरस्वती आदि स्त्री देवताका नाम।
- राज्याभिषेकका दिन राजसिंहासनमा बसेकी रानी; पटरानी; बडामहारानी।
- अत्यन्त सुन्दर शीलस्वभाव एवं आचरण भएकी स्त्री।
- स्त्री जातिका नामका पछाडि गाँसिने एक उपाधि (उमादेवी, रमादेवी, विद्यादेवी इ.)।
- संसारमा रहेको दैविक शक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)