दौलत
ना. [अ.]
- आर्थिक मूल्य भएको तथा धनी र गरिबलाई छुट्ट्याउने सबै प्रकारका आधारवस्तु; धनसम्पत्ति; द्रव्य।
- सानो भए पनि कुनै अमूल्य वा महत्त्वपूर्ण ठानिएको चिज (लाक्षणिक अर्थमा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)