द्रोण

ना. [सं.]

  1. वैदिक कालमा सोमरस राख्नका निम्ति बनाइएको काठको भाँडो।
  2. पानी आदि हाल्ने काठको भाँडो।
  3. चार आढक वा सोह्र सेर (कसैको मतमा ३२ सेर) बराबरको एक प्राचीन तौल।
  4. पातको दुनु।
  5. द्रोणाचल पर्वत।
  6. द्रोणाचार्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)