धन

ना. [सं.]

  1. जीवननिर्वाहमा सहायता पुर्‍याउने र कमाउन वा प्राप्त गर्न परिश्रम, पुँजी, समय लगाउनुपर्ने मूल्यवान् पदार्थ; सम्पत्ति (खेत, जमिन, घर, रुपियाँपैसा इ.)।
  2. यथेष्ट मात्रामा रहने उक्त प्रकारको कुनै चिज (गोधन, अश्वधन इ.)।
  3. कुनै वस्तुसँग विनिमय गर्न सकिने वा लगानी गरिने र लोकव्यवहारमा प्रचलित मुख्य रूपले चाँदी, तामा, पित्तल, सुन आदिको सिक्का, रुपियाँपैसा।
  4. विद्या, बुद्धि, धर्म, कर्म आदि।
  5. प्राणसमान परमप्रिय व्यक्ति (उदा.- आफ्ना जीवनधन नै बिलाएपछि बिचरी के गरून्!)
  6. जन्मकुण्डलीमा जन्मलग्नबाट दोस्रो स्थान।
  7. गणितमा जोड्ने वा मिलाउने चिह्न; जोड (+)।
  8. हिसाबकिताबमा कसैका नाउँमा जम्मा भएको रकमकलम; (क्रेडिट)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)