धाता
ना. [सं.]
- सृष्टि गर्ने देवता; विधाता; ब्रह्मा।
- पालन गर्ने देवता; विष्णु।
- संहार वा कल्याण गर्ने देवता; शिव।
- सूर्यका बाह्र रूपमध्ये एक।
- उनन्चास वायुमध्ये एक।
- पालन गर्ने; पालक।
- रक्षा गर्ने; रक्षक।
- धारण गर्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)