धातु
ना. [सं.]
- अपारदर्शक, विशेष प्रकारको चमक र गुरुत्व रहने, ताप र विद्युत्को सञ्चार हुन सक्ने कुटेर लम्याउँदा वा बढाउँदा नटुक्रिने सुन, चाँदी, पित्तल, तामा, फलाम आदि खनिज पदार्थ।
- शरीरमा रहने रस, रगत, हाड, मासु, बोसो, मासी र वीर्य गरी जम्मा सात तत्त्व।
- भूतत्त्व (पञ्च महाभूत, पञ्चतन्मात्रा)।
- क्रियाको मूल तत्त्व (खा, देख्, बोल्, लेख्, इ.)।
- वास्तु वा मूर्तिकलामा एक अङ्गुल वा एक मात्राको सात गुना बराबरको नाप; दृष्टि, मुनि, पाताल अब्धि बराबरको नाप; सात अङ्गुल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)