धान

ना. [सं. धान्य]

  1. सिरुका आकारका लामा लामा पात हुने, नलका मुखबाट धेरै गेडा भएका बाला लाग्ने, खेतमा हिलो पारेर उमारिएको बिउ रोपिने वा बुगुल्टो माटोमा गेडै छरेर उमारिने, ओखली, ढिकी र मेसिनले कुटेर चामल बनाइने कालो, रातो र पहेँलो रङका गेडा लाग्ने एक जातको प्रमुख अन्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)