धामन
ना. [सं. धामिणी]
- हरियो-पहेँलो झल्का भएको सेतो रङको ज्यादै लामो र ज्यादै छिटो दगुर्ने, पुच्छरमा विष हुने, कसैलाई नडस्ने एक जातको सर्प; धामिन (यसको पुच्छर जसको जुन अङ्गमा पर्छ त्यो मासु गलेर झर्छ। यसले गाई-भैँसी आदि र स्वास्नीमान्छेलाई बेह्रेर उनीहरूको थुन वा स्तनबाट दुध चुस्छ र उनीहरू मर्छन् भन्ने जनधारणा मधेसतिर रहेको छ।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)