ध्रुव

वि. [सं.]

  1. सधैँ एउटै अवस्था वा ठाउँमा रहिरहने; स्थिर; अचल; नित्य।
  2. कुनै विषयमा कुनै किसिमको संशय नभएको; निश्चित; निस्सन्देह।
  3. पुराणप्रसिद्ध भगवान्का भक्त तथा राजा उत्तानपादका रानी सुनीतितर्फका जेठा छोरा।
  4. उत्तरी आकाशमा सधैँ अटल रहने प्रसिद्ध ठानिएको तारो।
  5. भूगोलका अनुसार मूमध्यरेखादेखि उत्तर वा दक्षिणपट्टि रहेको सबभन्दा टाढाको बिन्दु; देशान्तर रेखाहरू केन्द्रित भएर रहने पृथ्वीको उत्तर र दक्षिणको छेउ।
  6. आकाश।
  7. पर्वत।
  8. ज्योतिषशास्त्रका अनुसार एक योग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)