नकाब

ना. [अ. निकाब]

  1. मुख छोप्नका निम्ति लगाउने कपडा; घुम्टो।
  2. बाहिरी आडम्बर वा स्वाङ। (उदा.- देशसेवाको नकाब लगाएर आफ्नो स्वार्थ पूरा गर्नु राम्रो होइन।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)