नक्सा

ना. [अ. नक्श > नक्शा]

  1. रेखाद्वारा तयार गरिएको कुनै चित्र; रेखाचित्र।
  2. देश, सहर, नदी, पहाड, समुद्र आदिको सङ्केतसहित लेखिएको पृथ्वी वा खगोलको चित्र; मानचित्र; भूचित्र।
  3. घर, मन्दिर, पुल आदि बनाउन तयार पारिने, नाप-नमुनासहितको चित्र।
  4. आकृति; आकार; रूपरेखा (जस्तो- एकै नक्साको, मिल्दो नापनक्सा इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)