नाग
ना. [सं.]
- घस्रेर हिँड्ने लम्बाकार विषालु किरो; सर्प; लाम्किरो।
- पुराणमा कश्यपकी पत्नी कद्रूका सन्तान मानिएका वासुकि, तक्षक, कुलिक, कर्कोटक, पद्म, शङ्खचूड, महापद्म र धनञ्जय नामका आठ नाग।
- एक प्राचीन राजवंश।
- एक प्राचीन देश र त्यसमा बस्ने एक जाति।
- पर्वतीय; नगमा बस्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)