नागबेली
ना.
- नागको जस्तो आकार परेको नदी, बाटो आदिको आकृति; कुण्डलाकृति।
- छाया र पहाडको खोच भुईँमा हाँगा फाटेर लाम्चिएका ससाना पात हुने, कहिल्यै फल र फूल नलाग्ने, आयुर्वेदअनुसार नसालाई ठिक गर्ने, धातुरोग, बाथ, फोक्सो र मृगौलाको रोगलाई शमन गर्ने गुण बताइएको एक थरी बाङ्गोटिङ्गो लहरो।
- पानको लहरो; नागवल्ली।
- सर्पको हिँडाइजस्तो बङ्गोटिङ्गो परेको (रेखा, बुट्टा आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)