नाडी

ना. [सं.]

  1. शरीरभित्रका विभिन्न अवयवमा रगत बग्ने नली; रक्तवाहिनी नली; धमनी; शिरा।
  2. नियमित रूपले रक्त सञ्चालन हुने तथा गतिको घटबढ नाप गरिने हातको नसा।
  3. हत्केलाको फेद; नारी।
  4. ज्योतिषशास्त्रअनुसार वर वधूको राशिगणनामा कल्पित चक्रको नक्षत्रसमूह।
  5. मर्मस्थल; सन्नी।
  6. हठयोगअनुसार षट्चक्रको अभ्यास गर्दा शरीरमा अवस्थित इडा, पिङ्गला र सुषुम्ना तीन नली।
  7. छ क्षणको एक कालमान।
  8. वास्तु वा मूर्तिकलामा प्रयुक्त हुने एक अङ्गुल वा मात्राको दश गुना बराबरको नाप; सय ताल, आयुध वा प्रादुर्भाव बराबरको नाप; दश अङ्गुल बराबरको नाप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)