नामाङ्कन
ना. [सं.]
- कुनै सङ्घ, संस्थाको सदस्यताका निम्ति वा कुनै पदका निम्ति उम्मेदवारका हैसियतले नाम प्रस्तुत गर्ने काम; नाम राख्ने काम।
- नामावलीमा नाम चढाउने काम।
- नाम उल्लेख गर्नुपर्ने ठाउँमा हुने लिखित उल्लेख।
- शीर्षक दिनु वा थप्नुपर्ने ठाउँमा सोको दियाइ वा थपाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)