नाश

ना. [सं.]

  1. भइरहेको वा देखिइरहेको कुनै वस्तु नहुने वा नदेखिने स्थिति; अस्तित्वविहीन बन्ने स्थिति; विनाश; सत्यानाश; विध्वंश; बरबादी।
  2. धामीझाँक्रीका अनुसार बोक्सी आदिको कुदृष्टि परी खानामा उत्पन्न हुने अरुचि वा त्यसरी अरुचि उत्पन्न गराउने कुदृष्टि; नाश-बिगार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)