निक्षेप

ना. [सं. निःक्षेप]

  1. कुनै वस्तुलाई फ्याँक्ने काम; मिल्काउने काम।
  2. कुनै वस्तुलाई कतै राख्ने काम; थन्क्याइ।
  3. चाहिएको बेलामा फिर्ता लिने गरी विश्वासपूर्वक कसैलाई कुनै वस्तु राख्न दिने काम; धरोट; नासो।
  4. आर्थिक कारोबार गर्ने कुनै संस्थाको सेयर वा हिस्सा किनेर पैसा हाल्ने काम; लगानी।
  5. ब्याङ्कको खातामा जम्मा गरिने रकम वा धन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)