निधि

ना. [सं.]

  1. कुनै वस्तु धेरै मात्रामा भएको ठाउँ; कुनै वस्तु सञ्चित भएर रहेको ठाउँ; खानि।
  2. गुप्त रूपमा रहेको धन; गडेको धन; गाडधन।
  3. कुबेरका नौ भण्डार वा खानि (पद्म, महापद्म, शङ्ख, मकर, कच्छप, मुकुन्द, कुन्द, नील र खर्ब)।
  4. समुद्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)