नियम

ना. [सं.]

  1. परम्परागत नीति, विधि, धार्मिक व्यवस्था आदिद्वारा व्यवहार वा आचरणका बारेमा निश्चित गरिएको सिद्धान्त; रुल; काइदा।
  2. ऐनकानुनअन्तर्गत कार्यसञ्चालनको विधि; सवाल।
  3. परम्परागत रीति वा व्यवस्था।
  4. कुनै संस्था वा कार्यालय सञ्चालनका लागि तयार गरिएको लिखित कार्यप्रणाली।
  5. पविता, सन्तोष, तपस्या, स्वाध्याय र ईश्वर चिन्तन गरिने, योगका आठ अङ्गमध्ये एक अङ्ग।
  6. अनुशासन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)