निष्कर्ष

ना. [सं.]

  1. सारभूत अर्थ; निचोड; सार।
  2. विवादास्पद विषयमा आपसी विचारविमर्शबाट निस्केको ठहर; विचार मन्थनबाट निस्केको सारवस्तु।
  3. परिणाम; नतिजा।
  4. निर्णय; निधो; टुङ्गो।
  5. निश्चय; जाँचबुझ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)