पछुवा
वि. [पछि+उवा]
- पछाडि रहेको; पछाडि परेको; पछि भएको।
- हात्तीका सवारीमा पछाडिपट्टि बस्ने (माहुतेभन्दा तल्लो दर्जाको) व्यक्ति।
- पोइल जाँदा आफ्ना पछि लागेर आएको; पहिलो लोग्नेतिरको पछिल्लो सन्तान।
- गोरुगाडा आदि सङ्कटमा पर्दा बैलवानलाई सहायता गर्न पछि लाग्ने व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)