पञ्जिका
ना. [सं.]
- कार्यालयहरूमा ठाउँठाउँबाट आएका मिसिल वा त्यसमा लेखिएका हरेक किसिमका कागजपत्र स्रेस्तामा चढाएर दर्ता गरी राख्ने र पठाइने कागजको दर्ताकापी; पुस्तिका वा दर्ताको नम्बरबमोजिमका कागजको विवरण।
- प्रत्येक पद वा शब्दको अर्थ खुलाएको टीका; विशद टीका।
- पञ्चाङ्ग; पात्रो।
- विषयसूची।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)