पटरी
ना. [सं. पट्ट+अरी]
- रेलका लिकमुन्तिर बिछ्याइएको काठ वा फलाम; रेल आदिको लिक।
- फल्याक।
- इन्च आदिका नापको चिह्न भएको काठ आदिको नाप्ने साधन।
- राजमार्गका दुवैतिर पैदल हिँड्न बनाइएको बाटो।
- नदी आदिका पुलका दुवैतिर हिँड्न बनाइएको पेटी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)