पद
ना. [सं.]
- गोडो; खुट्टो, पाउ।
- पाइलो; कदम।
- श्लोकको चरण वा पाउ।
- वाक्यमा व्यवहार गर्न लायक वा व्यवहार गरिएका शब्दको कोटि।
- योग्यता, काम वा महत्त्व का आधारमा निश्चित गरिएको दर्जा; पदवी; उपाधि।
- ठाउँ; स्थान।
- दान गरिने छाता, जुत्ता, लठ्ठी, औँठी, कमण्डलु, पकाउने भाँडा, तामाको भाँडो, जनै, द्रव्य, पकाएको खानेकुरो, काँचो अन्न, आसन र वस्त्र- यी तेह्र थरी वस्तुको समूह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)